सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

file photo
file photo

सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्।

संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख सापकोटाले बिहान साढे १० बजे बस्नेगरी प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन्।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको ११औं अधिवेशनको १७औं बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ।

प्रकाशित मिति: : 2022-06-06 19:32:00

प्रतिकृया दिनुहोस्