एसभित्र चर्कियो विवाद, मन्त्री फेर्न प्रधानमन्त्री असहमत

फाइल तस्विर
फाइल तस्विर

नेकपा एकीकृत समाजवादी (एस) ले आफ्नो पार्टीबाट मन्त्री फेर्न गरेको प्रस्तावलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरिदिएका छन्।

संसदमा बजेटको विषयमा छलफल भइरहँदा सम्बन्धित मन्त्रीलाई फेर्नु उचित नभएकाे भन्दै नेकपा एसका मन्त्रीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए। 

साेही कारण साेमबार उक्त विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बाेलाइएकाे थियाे। मन्त्री बदलिए बजेटमा असर पर्ने देखिएपछि बैठकले तत्कालका लागि मन्त्री परिवर्तन नगर्ने निष्कर्ष निकालेकाे हाे। 

शपथ लिन तयार नेताहरू अलपत्र

एकीकृत समाजवादीले सरकारमा रहेका चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। सो निर्णयपछि मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चाबीच गठबन्धनका शीर्ष नेताहरुले केही समय पर्खने निष्कर्षमा पुगेका हुन्।

समाजवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीको रुपमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा मन्त्री भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा सिफारिस गरेको थियो।

नयाँ मन्त्रीहरुले सोमबार दिउँसो शपथग्रहण गर्ने कार्यक्रम थियो। तर, उनीहरुको नाम समाजवादीले प्रधानमन्त्रीलाई पनि दिन नसकेको हो।


मन्त्रीबाट हटाए ६ सांसदसहित कांग्रेस प्रवेश गर्ने आलेको चेतावनी

प्रकाशित मिति: : 2022-06-06 15:08:00

प्रतिकृया दिनुहोस्