काठमाडौंस्थित फर्पिङको जंगलमा दुई जनाको शव भेटिएको छ।
सोमबार बिहान जंगलमा युवा–युवतीको शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ।
शव फेला परेको उक्त स्थानबाट बिषको बट्टा पनि भेटिएको छ।
सनाखत हुन नसकेको शवबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।