आले र झाँक्रीलाई मन्त्रीबाट फिर्ता बोलाउन नेताहरूकाे माग

file photo
file photo

नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठकमार्फत् पर्यटनमन्त्री प्रेम आले र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई मन्त्रीबाट फिर्ता बोलाउने गृहकार्य थालेको छ।

एकीकृत समाजवादीकाे तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू पछिल्लाे समय याे वा त्याे नाममा थप विवादित बनिरहेकाे दोस्रो तहका नेताहरूको तीव्र गुनासो छ।

पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री आले र झाँक्रीलाई तत्काल फिर्ता बोलाएर नयाँ मन्त्री पठाउनुपर्ने चर्को दबाब छ। समाजवादी स्रोतका अनुसार आजको सचिवालय बैठकमा मन्त्री हेरफेरको विषयले प्रवेश पाएको छ।

पार्टीका सम्माननीत नेता झलनाथ खनालले कानूनमन्त्री गोविन्द बन्दीबाहेक सबै मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने धारणा राखेका छन्। तर कतिपय दोस्रो तहका नेताहरूले पर्यटनमन्त्री आले र शहरी विकासमन्त्री झाँक्रीलाई मात्रै मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने राय पेश गरेको बैठकमा सहभागी पार्टीका एक उपमहासचिले जनाएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको परमादेशी सरकारमा एकीकृत समाजवादीबाट आले र झाँक्रीसहित स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रममन्त्रीमा कृष्णकुमार श्रेष्ठ, स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ र स्वतन्त्र रूपमा कानूनमन्त्री गोविन्द बन्दी छन्।

प्रकाशित मिति: : 2022-06-05 15:07:00

प्रतिकृया दिनुहोस्