राष्ट्र ऋण उठाउने विधेयक संसदमा पेस

File Photo
File Photo

संसदमा राष्ट्र ऋण उठाउने विधेयक २०७९ संसदमा पेस गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७९ पेस गरेका हुन्।

आजै प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले विनियोजन विधेयक २०७९ पेस गरेका थिए।

यसअघि शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए।

गत आइतबार (१५ जेठ)मा अर्थमन्त्री शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को १७ खर्ब ९३ अर्ब र ८३ करोडको बजेट प्रस्तुत गरेका थिए। 

प्रकाशित मिति: : 2022-06-03 16:39:00

प्रतिकृया दिनुहोस्