२३ वर्ष कान्छी प्रेमिकासँग रोमान्स गर्दै एलन मस्क (तस्बिरहरू)

Photo : Dailymail
Photo : Dailymail

विश्वकाे सबैभन्दा धनी व्यक्ति एलन मस्कको रहस्यमय नयाँ प्रेमिकासँग निजी जेटमा रोमान्स गरेको खुलासा भएकाे छ।

मस्कले अष्ट्रेलियामा जन्मिएकी २७ वर्षीया अभिनेत्री नताशा बासेटसँग राेमान्स गरेकाे तस्बिर बेलायती सञ्चार माध्यम डेलिमेलले सार्वजनिक गरेकाे हाे।

डेलिमेलकाअनुसार ५० वर्षे अर्बपति मस्कले अभिनेत्रीलाई लिएर बिदा मनाउन निस्किएका थिए। विश्वप्रसिद्ध कम्पनी टेस्लाका मालिक तथा स्पेस्एक्सका संस्थापक मास्क ती अभिनेत्रीसँग रहस्यमयी रूपमा भेटिएका हुन्।

हालै सार्वजनिक तस्बिरहरूमा याे जोडी ५ करोड पाउण्डको गल्फस्ट्रिम जी ६५० इआर निजी जेटमा यात्रा गरेका थिए। एलोन मस्क आफ्नी नयाँ प्रेमिका बासेटसँग सेन्ट-ट्रोपेजमा छुट्टी मनाइरहेको तस्बिरमा चित्रित छ।

उनीहरु फ्रान्सेली तटीय सहरको चेभल ब्ल्याङ्क होटलमा खानाको आनन्द लिँदा हाँसेकाे र कुराकानी गरेका थिए। उनीहरुले रात बिताएको विलासी होटलको मुल्य एक रातको एक लाख ५० हजारभन्दा बढी रहेकाे समाचारमा उल्लेख छ।

मस्कले यस वर्षकाे फेब्रुअरीमा २७ वर्षे नताशासँग डेट गर्न थाले पनि तिनीहरूले त्यसबेलादेखि आफ्नो सम्बन्धलाई गाेप्य रूपमा राख्दै आएका थिए।

नताशाले सन् २००९ मा टिभी चलचित्र डुङ्गुनाबाट अभिनयमा डेब्यु गरेकी थिइन्। १९ वर्षको हुँदा न्यूयोर्क गएकी उनी एक दशकभन्दा बढी समयदेखि फिल्म उद्योगमा काम गरिरहेकी छिन्। यसअघि सन् २०१७ को बायोपिकमा ब्रिटनी स्पीयर्सको भूमिकामा देखापरेकी थिइन।

मस्क ५ महिनाअघि मात्रै आफ्नी ३३ वर्षीया प्रेमिका ग्रिम्ससँग अलग भएका थिए। जसबाट सन् २०२० मै बच्चा जन्मिएकाे थियाे।

प्रस्तुती: सुरेन्द्र राना 

प्रकाशित मिति: : 2022-06-02 18:14:00

प्रतिकृया दिनुहोस्