पोखरा महानगर कार्यपालिकाम एमाले प्यानल नै विजयी

File photo
File photo

पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन्। आठैजना एमाले उम्मेदवा विजयी भएका हुन्। 

महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी भए। उनीहरू सबैले ८६ मत पाए। 

दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी भएका हुन्। दियालीले सर्वाधिक ८७ मत पाए। उनले एक मत गठबन्धनको खोसेका हुन्।

प्रकाशित मिति: : 2022-06-01 16:04:00

प्रतिकृया दिनुहोस्