नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेले जस्तै अहंकार र दम्भ देखाए नेपाली कांग्रेसलाई ठेगान लगाउने चेतावनी दिएका छन् ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अहंकारी र दम्भले कसैकाे हित नगर्ने भन्दै यस्ताे चेतावनी दिएका हुन्।
उनले भने, ‘कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन भन्ने धेरै ठाउँमा देखिएको छ। भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस्।’