काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं नै फिर्ता भएको छ।
बुद्ध एयरको ९५३ उडान नम्बरको विमानको टायरमा समस्या देखिएपछि बीचबाट काठमाडौं नै फर्किएकाे हाे।
बुधबार बिहान १० बजेर ४३ मिनेटमा ६९ यात्रु लिएर भद्रपुर उडेको विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे हाे।
जहाज अवतरण गरेर प्राविधिक जाँच भइरहेको विमानस्थल स्राेतले जानकारी दिएकाे छ।