नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मिर्गाैला पीडितलाई डायलासिस निःशुल्क गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले डायलासिस गर्ने मेसिनको अभाव रहेका बेला सरकारले उपलब्ध गराउने भत्ता उपयोगी नहुने बताए।
‘क्यान्सर, मिर्गौला रोगीलाई पाँँच हजार दिन्छु भन्नु भएको छ। यो राम्रै हो। तर, अहिले अस्पतालमा डायलासिस गर्ने मेसिन नै छैन। ६ महिना, एक वर्ष पालो कुर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यो पाँच हजार लिनुअघि नै मृत्यु भइसक्छ। अहिले सम्पूर्णको डायलासिस निःशुल्क गर्छु र मेसिन पनि किन्छु भन्नुपर्थ्यो।’