स्वतन्त्रबाट जितेका केसीलाई माओवादीले गर्‍यो सम्मान

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका मोहनबहादुर केसीलाई माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले सम्मान गरेको छ।

सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माओवादीबाट विजयी भएका अन्य पदाधिकारीसँगै सम्मान गरेको हो।

माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र अध्यक्ष विमला केसीले अध्यक्ष केसीलाई सम्मान गरेको माओवादी केन्द्र कालिकोटका संयोजक लक्ष्मीप्रसाद चौलागाईंले बताए।

अध्यक्ष केसी स्वतन्त्रबाट चुनाव जितेपछि माओवादी केन्द्रमा नै फर्किएको संयोजक चौलागाईंले जानकारी दिए। 

माओवादी केन्द्रले केसीलाई उम्मेदवारी नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएर माओवादी केन्द्रका उम्मेदवार डम्बरबहादुर शाहीलाई पराजित गरेका थिए। 

प्रकाशित मिति: : 2022-05-30 19:15:00

प्रतिकृया दिनुहोस्