पोखराबाट जोमसोमका लागि उडेको तारा एयरकाे जहाज मुस्ताङको लेतेमा दुर्घटना भएकाे छ।
म्याग्दी कटेर उकालो लागेपछि जहाज सम्पर्कविहीन भएको थियाे। घटनाकाे थप विवरण भने आउन बाँकी रहेको छ।
मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन्।
बादल लागेका कारण जहाज नदेखिएको तर आवाज ठूलो आएको उनीहरूलाई उदृत गर्दै लेतेमा रहेका पत्रकार सुशील थकालीले जानकारी दिए।
‘यहाँका स्थानीयले आवाज सुनेका रहेछन्। प्रहरीले पनि त्यो आवाज सुनेको भन्नेछ,’ उनले भने, ‘बादलले टम्मै छ। कतै केही देखिँदैन। हल्का पानी परिरहेको छ।’
अहिले प्रहरी लेते क्षेत्रमा केन्द्रित भएर खोजीमा जुटेको उनले बताए। साे जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए।