बर्दियामा बाख्रा चराउन गएकी महिलालाई बाघले खायो

File Photo
File Photo

बर्दियामा बाख्रा चराउन गएकी एक महिलालाई बाघले खाएको छ। मधुवन नागरपालिका २ कोठिया गाउँकी करिब ४५ वर्षीया कौशिला पाललाई बाघले खाएको हो। 

उनी आज (मंगलबार) दिउँसो बाख्रा चराउन गाउँ नजिकै जागृति सामुदायिक वनमा गएकी थिइन। सोही समयमा साँझ करिब ५ बजे बाघले आक्रम गरेरको उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन्। 

अहिले (साँझ साढे ७ बजे) प्रहरी घटना स्थलमा रहेको छ। शव अझै उठ्न सकेको छैन। आफन्तिले क्षेतिपूर्तीको माग गरेको र छलफल भइरहेको बताउँदै केहि समयपछि शव उठाइएने प्रहरी नायव उपरीक्षक सापकोटाले विएल मिडियालाई बताएका छन्। 

'आफन्तिले सिडियो (प्रमुख जिल्ला अधिकारी) आउनु पर्ने, क्षतिपूर्ती पाउनु पर्ने माग गरेका छन्,' उनले भने, 'अहिले हामी घटना स्थलमै छौँ। गाउँपालिका जनप्रतिनिधिसहित छलफल भइरहेको छ।'

प्रकाशित मिति: : 2022-05-24 19:39:00

प्रतिकृया दिनुहोस्