पोखरा महानगरपालिका– १८ मा पुनः मतगणनाको माग गर्दै एमाले कार्यकर्ताले मुख्य निर्वाचनको कार्यालय अघि प्रदर्शन गरेका छन्।
उक्त वडामा मुचुल्कामा उल्लेख भएकोभन्दा मतपेटिकामा कम भएको भनिएको ९ भोटको हिसाब माग्दै एमाले कार्यकर्ताले प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।
भने, अर्कोतर्फ गठबन्धनका दलननिकट कार्यकर्ताले पनि बाँकी मतगणना छिटो सुरू गर्न माग गर्दै नाराबाजी गरिरहेका छन्।
यहाँ ४ हजार ३ सय ४८ मत खसेकोमा ४ हजार ३३९ मतगणना भएको थियो।