विद्यार्थीलाई दुर्व्यवहार गर्ने सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

सामािजक सञ्जालबाट
सामािजक सञ्जालबाट

चाबहिल स्थित सेन्ट लरेन्स कलेजका शिक्षक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। 

मंगलबार कलेजका छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका थिए।

कलेजका शिक्षक जनार्दन अधिकारी, शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा बोलाएको थियो। त्यहीबीच सोधपुछ गरेर शिक्षक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति: : 2022-05-24 13:02:00

प्रतिकृया दिनुहोस्