शिक्षकबाटै छात्रामाथि यौन दुर्व्यवहार, सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

काठमाडाैंकाे चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकले एक छात्रालाई यौन दुर्व्यवहार गरेको खुलासा भएकाे छ।

कक्षा ११ की एक छात्रामाथि कलेजका शिक्षक तथा संयाेजक जनार्दन अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको बताइएकाे छ।

कलेज प्रशासन नै शिक्षकको बचाउमा लागेपछि विद्यार्थीहरू कारबाहीको माग राखेर आन्दाेलनमा उत्रिएका हुन्। उनीहरूले अहिले पठनपाठन पूर्णरूपमा बन्द गरेर कलेज परिसरमा प्रदर्शन गरिरहेका छन्।

पछिल्लो समय बलात्कारका घटना सार्वजनिक भइरहेका बेला कलेजकी छात्रामाथि यौन दुर्व्यवहार भएकाे घटनाले विद्यार्थीहरू आक्राेसित बनेका छन्।

उनीहरूले तत्काल अधिकारीलाई नियन्त्रणमा लिएर कडा कारवाहीकाे माग पनि गरेका छन्।

– अपडेट

प्रकाशित मिति: : 2022-05-24 09:33:00

प्रतिकृया दिनुहोस्