'वायु प्रदूषणले संज्ञानात्मक ह्रासको जोखिम बढाउँछ'

Globaltimes

२.५ पीएमको वायु प्रदूषणको दीर्घकालीन जोखिमले संज्ञानात्मक ह्रासको जोखिम बढाउँछ र असामयिक रूपमा अल्जाइमर रोग लाग्न सक्ने नयाँ अध्ययनले देखाएको छ।

‘बायोलोजिकल साइकियाट्री’ पत्रिकामा प्रकाशित रिपोर्टअनुसार पीएम २.५, भू–स्तरीय ओजोन र नाइट्रोजन डाइअक्साइड जस्ता वायु प्रदूषणले ‘न्युरोटक्सिक’ प्रतिक्रियाहरू ल्याउनसक्ने र यसले मानव ज्ञानेन्द्रिय स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने देखिएको छ।

चीनको साङ्घाईको फुदान विश्वविद्यालयको हुआशान अस्पतालका चिनियाँ अनुसन्धानकर्ताहरूको नेतृत्वमा अन्तर्राष्ट्रिय टोलीले वायु प्रदुषणका कारण निम्तिने संज्ञानात्मक ह्रासको जोखिमबारे अध्ययन गरी रिपोर्ट तयार पारेको  हो। 

उक्त अध्ययनले स्वास्थ्य र बुढ्यौलीसम्बन्धी सर्वेक्षणमा ३१ हजार ५७३ सहभागीहरूको तथ्याङ्क, चिनियाँ देशान्तर स्वस्थ दीर्घायु सर्वेक्षण र अल्जाइमर रोगसम्बन्धी गरेको अध्ययनमा एक हजार १३१ सहभागीहरूको तथ्याङ्क प्रयोग गरिएको बताइएको छ।

रिपोर्ट अनुसार प्रति घन मिटर पीएम २.५ को २० माइक्रोग्रामको वृद्धिले गर्दा संज्ञानात्मक ह्रास हुने खतरा १० प्रतिशत बढ्न सक्छ अनि जमिनको सतहको ओजोन र नाइट्रोजन डाइअक्साइडको जोखिमले गर्दा खतरा बढी हुन्छ तर यसको कुनै उल्लेखनीय अनुमान छैन।

उक्त अध्ययनले देखाएअनुसार पीएम २.५ को दीर्घकालीन जोखिमले गर्दा संज्ञानात्मक ह्रास हुने खतरा हुने र यसले अल्जाइमर रोगको खतरा बढाउने सम्भावना रहन्छ। 

प्रकाशित मिति: : 2022-05-23 22:55:00

प्रतिकृया दिनुहोस्