काठमाडौं महानगरपालिकाको नतिजा आउन अझै एक साता लाग्ने भएको छ।
एक साता बितिसक्दा पनि आधा मात्र मतगणना भएको उक्त महानगरको मतगणना सम्पन्न हुन अझै एक साता लाग्ने देखिएको हाे।
निर्वाचन आयोगले छिटोभन्दा छिटो मतगणना सम्पन्न गर्न निर्वाचन अधिकृतको कार्यालयलाई पटकपटक अनुरोध तथा निर्देशन दिएको थियाे। तर अझै सकिएकाे छैन।
मतगणना भइरहेको स्थलमा ठाउँको अभाव तथा उम्मेदवारहरूले पनि प्रतिनिधि थप्न नमानेको हुनाले केही दिन अझै लम्बिने आयोगले बताए।
ठ्याक्कै कति दिन अझै लाग्ला भन्न सकिने अवस्था नभएकाे तर पनि जेठ ११ गतेसम्म परिणाम आउन सक्ने अनुमान गरिएकाे छ।