डा. ह्यारी भण्डारीलाई अमेरिकाकै सबैभन्दा ठूलो ट्रेड युनियनको इन्डोर्समेन्ट 

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

अमेरिकाको मेरिल्याण्ड राज्य सांसदमा दोस्रो कार्यकालको लागि उम्मेद्वारी दिएका डा. हयारी भण्डारीका लागि ठूलो संस्थागत समर्थन इन्डोर्सर्मेन्ट मिलेको छ। उनलाई अमेरिकाका पेशागत  युनियनहरूको सबैभन्दा ठूलो महासंघ एएफएल- सीआईओ (अमेरिकन फेडेरेसन अफ ल्याबोर एण्ड कंग्रेस अफ इन्डस्ट्रियल अर्गनाइजेसन्स) को समर्थन मिलेको हो।

एएफएल- सीआईओ सन् १९५५ मा स्थापना भएको ५६ राष्ट्रिय तथा अन्तर्रराष्ट्रिय संघहरूको छाता संस्था हो। वासिङ्टन डीसीमा केन्द्रीय कार्यालय रहेको यस संस्थामा एक करोड २० लाख सदस्य छन्।

डा. ह्यारी भण्डारीले २०१८ मा मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ बाट मेरिल्याण्ड हाउस अफ एसेम्बेली सदस्य (डेलिगेट) मा निर्वाचित भएर नेपाली मुलका अमेरिकीका लागि यो उपलव्धीको ढोका खोलेका थिए। उनको चार वर्षे पहिलो कार्यकाल यही वर्षको अन्तमा सकिदैछ । 

दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिएका भण्डारी पहिलो कार्यकालमा गरेको उत्कृष्ट कार्यका कारण जुलाई १९मा हुने डेमोक्रेटिक प्राइमरीमा अनअपोज्ड भएका छन्। यसको अर्थ उनको विपक्षमा उम्मेद्वारी नपरे पनि मतदान हुन्छ र जति मत प्राप्त गरे पनि नोभेम्बर ८ मा हुने जनरल इलेक्सनका लागि उम्मेद्वार हुन सक्छन्। 

यति ठूलो संस्थाको इन्डोर्समेन्ट पाउँनु अमेरिकामा नेपाल र नेपाली देखिन थालेको हो, सुनिन थालेको प्रमाण हो। म आफू नैतिक समर्थन जुटाउँदै जान्छु, तपाईंहरू होस्टेमा हैसे गर्दै मलाई साथ, सहयोग र आशीर्वाद दिदै रहनुहोस्। 

यसरी प्राइमरीमा अनअपोज्ड हुँदा डा. भण्डारीलाई सजिलो भए पनि नोभेम्बर ८ मा हुने जनरल इलेक्सनका लागि भने उनले कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने भएको छ। उनको विपक्षमा रिपब्लिकन पार्टीले बाल्टिमोर काउन्टीकी प्रेसिडेन्टलाई प्रतिस्पर्धामा उतारेर ठूलो चुनौति खडा गरिदिएको छ।

एएफएल- सीआईओको इन्डोर्समेन्ट पाएकोमा डेलिगेट डा. भण्डारीले खुशी व्यक्त गरेका छन्। उनी भन्छन्, ' यति ठूलो संस्थाको इन्डोर्समेन्ट पाउँनु अमेरिकामा नेपाल र नेपाली देखिन थालेको, सुनिन थालेको प्रमाण हो।'

उनले यो समर्थन अमेरिकाको नेपाली सुमदायमा बाँड्दै सबैको सहयोग, साथ र समर्थनका लागि आव्हान गरेका छन्। उनी अगाडि भन्छन्, 'म आफू नैतिक समर्थन जुटाउँदै जान्छु, तपाईंहरू होस्टेमा हैसे गर्दै मलाई साथ, सहयोग र आशीर्वाद दिदै रहनुहोस्। हो, हाम्रो सामु चुनौति छ तर हामी सबै मिलेर त्यसलाई सजिलै पन्छाउन सक्छौं।'

इण्डोर्समेन्ट हेर्न यो लिंकमा जान सकिन्छ: https://www.mddclabor.org/labor.../endorsed-candidates-2022

प्रकाशित मिति: : 2022-05-21 05:30:00

प्रतिकृया दिनुहोस्