काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेनकाे अग्रता कायमै

File Photo
File Photo

काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन्।

प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले १३ हजार ६६१ मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका छन्।

उनले २९ हजार ५८२ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले १५ हजार ९२१ पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १५ हजार १० मत प्राप्त गरेका छन्।

त्यसैगरी एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले २६ हजार ५७५ मतका साथ आफ्नो अग्रता कायम राखेकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-05-20 17:28:00

प्रतिकृया दिनुहोस्