प्रतिनिधिको नक्कली कार्ड बनाएर गणनास्थलमा छिरेका दुईजना पक्राउ

File photo
File photo

मतगणनामा उम्मेद्वारको नक्कली प्रतिनिधि बनेर गणनास्थलमा छिरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले परिचय भने खुलाएको छैन।

उनीहरू राजनीतिक दलको नभई अनाधिकृत रुपमा छिरेको बताइएको छ। अहिले दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए। उनीहरू किन मतगणना भएको ठाउँमा गए भन्ने पनि खुलाइएको छैन।

पोखरा महानगरमा अहिलेसम्म ६५ हजार ४६२ मत गणना सकिएको छ। अहिलेसम्म गठबन्धन उम्मेद्वारले अग्रता लिइरहेका छन्। नतिजा आएका १५ वडामध्ये ४ वटामा एमाले र ११ वटामा कांग्रेस विजयी भइसकेको छ। यसअघिको निर्वाचनमा मेयर र उपमेयरसहित २२ वडाध्यक्ष एमालेले जितेको थियो भने ११ वडाध्यक्ष मात्र कांग्रेसले जितेको थियो।

प्रकाशित मिति: : 2022-05-20 13:23:00

प्रतिकृया दिनुहोस्