राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टी (जसपा)का भीमराज यादव निर्वाचित भएका छन्।
यादव ९ हजार ५४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ७ सय १८ मत प्राप्त गरे।
उपमेयरमा जसपाकै इसरत प्रविण ६ हजार ७ सय ९६ मत प्राप्त गरी निर्वाचित भइन्। उनका प्रतिस्पर्धी सुशीला यादवले ४ हजार २ सय ३० मत प्राप्त गरिन्। इसरत राजविराज नगरपालिकाको मुस्लिम समुदायको पहिलो उपमेयर हुन्