मुगुकाे खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

जिल्लाको खत्याड गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनका उम्मेदवार विजय भएका छन्।

गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अजबहादुर शाहीले ३ हजार ५२१ मत ल्याई निर्वाचित भएका छन्।

उनका  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर मल्लले २ हजार ६२१ मत प्राप्त गरेका थिए। मल्ल लाई शाही ९ सय मतान्तरले फरक पारेका छन्।

गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार सरिता रोकायाले ४ हजार ५४८ मत प्राप्त गरी निर्वाचित भएकी छन्।

रोकायाले २ हजार ४९ मतान्तरमा विजयी भएकी हुन्। रोकायाकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कविता गिरीले २ हजार ४ सय ९९ मत प्राप्त गरेका थिए।

जम्मा ११  वटा वडा रहेको खतेड गाउँपालिकामा माओवादीले २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडा जितेका थियो भने अहिले ३ वटा वडामा मात्र जित हात पारेको छ। यस निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको थियो।

प्रकाशित मिति: : 2022-05-18 17:27:00

प्रतिकृया दिनुहोस्