बुढालीकण्ठमा एमाले विजयी, मिठाराम अधिकारी मेयर र अनिता लामा उपमेयर बने

काठमाडाैँको बुढानीकण्ठ नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार बुढानीलकण्ठकाे मेयरमा मिठाराम अधिकाकरी र उपमेयरमा अनिता लामा विजयी भएका हुन्।

नगरपालिकाको मेयरमा एमालेका अधिकारी १४ हजार २५० मतसहित निर्वाचित भएका हुन। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस विनोद चालिसेले ११ हजार ५१२ मत पाए।

यसैगरी उपमेयरमा पनि एमालेकै लामाले १४ हजार ३१४ मत पाइन्। उनकी प्रतिद्वन्द्वी कांग्रेसकी उनको निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९७२ मत पाइन्।

प्रकाशित मिति: : 2022-05-18 14:46:00

प्रतिकृया दिनुहोस्