घोराहीमा एमालेको अग्रता कायमै, तुलसीपुरमा झिनो मतले पछाडि

दाङको दुई वटै उपमहानगरपालिकाको मत गणना जारी रहेको छ। जेठ १ गतेदेखि घोराहीमा मत गणाना जारी छ भने तुलसीपुरमा मंगलबार रातिदेखि मत गणना सुरु भएको छ। जारी मतगणनाअनुसार घोराहीमा एमालेको अग्रता कामय रहेको छ भने तुलसीपुमा भने एमाले झिनो मतले पछाडि छ।

घोराहीमा मतगणनाको सुरुवाति चरणमा गठबन्धले फराकिलो मतले अग्रता लिएपनि पछि नेकपा (एमाले)ले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ। बिहान ७ बजे सार्वजनिक मत परिणामअनुसार घोराही उपमहानगरमा ६२ हजार ८१५ मतगणना हुँदा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले २५ हजार ६१६ मत ल्याएका छन्। 

उनले गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)र्लाइ ४ हजार सात सय ५८ मतले पछि पारेका छन्। गठबन्धनका शर्माले २० हजार ८ सय ५८ मत प्राप्त गरेका छन्।

उपप्रमुख पदमा पनि नेकपा एमालेले अग्रता लिइरहेको छ। एमालेकी हुमा डिसीले २४ हजार ५८६ मत प्राप्त गरेकी छन्। डिसी ७३१ मत अन्तरले अघि छिन्। उपप्रमुखमा कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले २३ हजार ८५५ मत प्राप्त गरेका छन्।

यस्तै तुलसीपुरमा एमालेका मेयरका उम्मेदवार टिकारम खड्काले ४५४ मत ल्याउँदा गठबन्धनबाट काँग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले ४६२ मत ल्याउँदै आफ्नो अग्रता कामय गरेका छन्। सुरुवाति चरणमा एमालेले अग्रता लिएपनि विहान ७ बजे सार्वजनिकम मत परिणमअनुसार गिरी, खड्का भन्दा ८ मतले अगाडि छन्। 

यस्तै उपमेयरमा भने एमालेकी स्यानी चौधरीले आफ्नो अग्रतालाई बढाउँदै लगेकी छिन्। उनले ४६१ मत प्राप्त गर्दा गठबन्धनबाट एकिकृत समाजवादीका जोगबादुर रानाले ३३५ मत मात्र प्राप्त गरेका छन्। 

तुलसीपुरमा विहान ७ बजेसम्म १ हजार ५० मत गणना गरि।एको थियो। तुलसीपुरमा वडा नं १ र २ बाट मतगणना सुरु गरिएको छ।

प्रकाशित मिति: : 2022-05-18 08:26:00

प्रतिकृया दिनुहोस्