डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेयरमा र उपमेयरमा नेकपा एमाले विजयी भएको छ। मेयरमा एमालेका जनचन्द्र रोकाया र उपमेयरमा एमालेकै देवी घर्ती निर्वाचित भएका छन्।
मेयरमा रोकायले २१०४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रलाल धरालाले १५९६ मत ल्याएका छन्। माओवादीका मेयरका उम्मेदवार दिलबहादुर विष्टले १४२२ मत पाएका छन्।
उपाध्यक्षमा निर्वाचित एमालेकी देवी घर्तीले १८५६ मत ल्याउँदा माओवादी केन्द्रका काली चलाउनेले १२९० मत पाएका छन्। नेपाली कांग्रेसकी सावित्री पहाडीले १२७७ मत ल्याएकी छन्।
त्रिपुरासुन्दरी नगरपालिकामा यसअघि २०७४ को स्थानीय निर्वाचनमा पनि नेकपा एमालेले नै जितेको थियो।