तुलसीपुर–१७ मा मतदान सकियो, राति ८ बजेदेखि मतगणना हुने

file photo
file photo

तुलसीपुर उपमहानगरपालिका—१७ मा  मतदान सकिएको छ। 

विहान ७ बजेदेखि सुरु भएको मतदान साँझ साढे ६ बजे सकिएको थियो। मतदानमा कुल ४ हजार ३३९ मत खसेको छ।

तुलसीपुर–१७ मा एमालेका उम्मेदवार लबरु चौधरीको मुत्युपछि बैशाख ३० गते हुने निर्वाचन स्थिगित गरेर जेठ ३ गते आज गरिएको हो।

मतदान सकिएलगत्तै मतपेटिकाहरु तुलसीपुरस्थित सरकारी वकिलको कार्यालयमा लगिएको छ।

उक्त वडामा मतदान सम्पन्न भएसँगै तुलसीपुर उपमहानरको सबै वडाका मतगणना आज राति ८ बजेदेखि सुरु गरिने भएको छ। 

मतगणनास्थलको ५ स्थानमा मतगणना सुरु गर्ने तयारी निर्वाचन कार्यालयले गरेको छ।

मतगणनास्थलमा सिसि क्यामेरा सहित आवश्यक सुरक्षा व्यवस्था कडा गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिका संयोजक हिरालाल रेग्मीले बताए।

प्रकाशित मिति: : 2022-05-17 19:25:00

प्रतिकृया दिनुहोस्