दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित भएका छन्।
विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगत प्रसाद पोखरेललाई ११९८ मत अन्तरले हराए।
विष्टले ६८९८ मत प्राप्त गर्दा पोखरेलले ५७०० मत प्राप्त गरे। नेपाली कांग्रेसकी उम्मेदवार जदगदम्बा कुमारी चौधरीले ४११९ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
राप्ती गाउँपालिकामा माओवादी राष्ट्रिय जनमोर्चाबीच तालमेल थियो। अध्यक्षमा माओवादी र उपाध्यक्षमा जनमोर्चाले लगेका थिए। तर जनमोर्चाबाट उपाध्यक्षमा उम्मेदवार बनेका केशवराज खनाल पराजित भएका छन्। उनलाई नेकपा एमालेकी उम्मेदवार कमलापती चौधरीले पराजित गरेकी हुन्।
चौधरीले ६६७४ मत प्राप्त गर्दै विजयी हुँदा जनमोर्चाबाट उपाध्यक्ष उम्मेदवार बनेका खनालले ४४६४ मत प्राप्त गरे। नेपाली काँग्रेसबाट उपाध्यक्ष उम्मेदवार हरिप्रसाद भुषालले ५४९६ मत प्राप्त गरे।
माओवादीलाई अध्यक्षमा सघाएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको जनमोर्चाका उम्मेदवार भने नेकपा एमालेसँग पराजित भएका छन्।
दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको क्षेत्रसमेत हो। २०७४ को स्थानीय तह निर्वाचनमा राप्ती गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको थियो।