मध्यपुर थिमिमा ज्वाइँलाई हराएर जेठान मेयर बन्दै

File photo
File photo

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयको नजिक पुगेका छन्।

एमालेबाट मेयरमा उम्मेदवारी दिएका मदनसुन्दर श्रेष्ठलाई तीन हजार पाँंच सयभन्दा बढी फरक पारिरहेका सुरेन्द्र विजयी नजिक पुगेका हुन्। 

मध्यपुर थिमि नगरपालिकाकामा जम्मा नौ वडा छन्। अहिलेसम्म सात वटा वडाको मतगणा सकिसकेको छ। अब वडा नम्बर ८ र ९ गरी दुई वटा मात्रै वडाको मतगणणा बाँंकी छ।

यो दुई वटा वडामा पाँंच हजार सात सय मत खसेको छ। यो दुवै वडामा एमाले बलियो मानिँदैन। यसअघि यहाँ नेपाल मजदुर किसान पार्टीले विजयी हासिल गरेको थियो। यही कारण कांग्रेसको मेयर सुरेन्द्र विजयी नजिक पुगेको हो। 

सुरेन्द्रलाई पछ्याउँंदै गएका एमालेका मदनसुन्दर श्रेष्ठ निवर्तमान मेयर हुन्। नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको गठबन्धनबाट यसअघिको स्थानीय निकायको निर्वाचनमा उनी भारी मतले मेयरमा विजयी भएका थिए।

मध्यपुर थिमि नगरपालिकामा हालसम्म कांग्रेसले वडा नं १, २, ३, ५ र ६ गरी पाँंच वडामा अध्यक्ष जितिसकेका छ भने एमालेले वडा नम्बर ४ र ७ गरी दुई वडामा अध्यक्ष जितेका छ। 

नाताले सुरेन्द्र र मदनसुन्दर ज्वाई जेठान हुन्। सुरेन्द्र जेठान हुन् भने मदनसुन्दर ज्वाइँ हुन्।   
 

प्रकाशित मिति: : 2022-05-17 16:26:00

प्रतिकृया दिनुहोस्