रोल्पाको सुनछहरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका धनबहादुर पुनमगर विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार माओवादीका धनबहादुरले ३,४३९ मत ल्याएर विजयी भएका हुन्।
उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पुस्तमन घर्ती मगरलाई १९१४ मतान्तरले पराजित गरेका हुन्।
पुस्तमन १५२५ मत पाएर पराजित भएका हुन्। त्यसैगरी मंगोल अर्गानाइजेशनका भाज घर्तीमगरले १८१ मत पाएका छन्।
त्यस्तै उपाध्यक्षमा माओवादीका ननकला घर्तीमगरले ३४९२ मत ल्याएर विजयी भएकी छिन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कोमबहादुर बुढाले १६११ मत पाएका छन् भने मंगल अर्गनाइजेशनकी रतीमाला घर्तीले १७३ मत ल्याइन्।
७ वटा वडा भएकाे उक्त गाउँपालिकामा ६ वटा वडा नै माओवादी केन्द्रले जितेकाे छ।