बन्दीपुरको अध्यक्षमा एमालेका सुरेन्द्र र उपाध्यक्षमा कांग्रेसकी पञ्चमाया निर्वाचित

File photo
File photo

तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्।

गाउँपालिका अध्यक्षमा एमालेका सुरेन्द्र थापाले नेकपा माओवादी केन्द्रका पूर्णसिं थापालाई ६३ मतान्तरले पराजित गर्दै जित दर्ता गराएका हुन्। सुरेन्द्रले तीन हजार २२९ र पूर्णसिंले तीन हजार १६६ मत ल्याए।

उपाध्यक्षमा दुई मतान्तरले नेपाली कांग्रेसकी पञ्चमाया गुरुङ निर्वाचित भएकी छन्। गुरुङले गुरुङले तीन हजार २७ र  प्रतिस्पर्धी माओवादीकी करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गरिन्। 

१५ हजार ६३८ मतदातामध्ये निर्वाचनमा १० हजार २०५ मत खसेको थियो। अघिल्लो पटक बन्दीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै माओवादीले जितेको थियो। यसपटक पनि पुरानौ अनुहार अध्यक्ष उपाध्यक्षमा भिडेका थिए। तर, पराजित हुनुपरेको छ। 

गाउँपालिकाको छ मध्ये एमालेले तीन, माओवादीले दुई र कांग्रेसले एक वडामा जित हासिल गरेको छ। बन्दीपुर- १ को वडाध्यक्षमा नेकपा एमालेका शिवकुमार श्रेष्ठ विजयी भएका छन्। ९०९ मत प्राप्त गरी श्रेष्ठ अध्यक्षमा विजयी हुँदा नेकपा माओवादी केन्द्रका भानुभक्त पोखरेलले ६८१ मत प्राप्त गरे। 

वडा नम्बर २ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ। वडाध्यक्षमा तिलकबहादुर कुँवर ६५३ मत प्राप्त गरी विजयी भए। प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्रबहादुर बानियाँले ५०५ मत प्राप्त गरे।

वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। वडाध्यक्षमा परमेश्वर भट्टराई ४०५ मत प्राप्त गरी निर्वाचित भएका छन्। प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नारायण केसी खत्रीले ३७४ मत प्राप्त गरे।

वडा नम्बर ४  मा नेकपा एमालेको प्यानल विजयी भएको छ। वडाध्यक्षमा नेकपा एमालेका दानबहादुर थापा ७४० मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका सीता थापाले ४६४ मत प्राप्त गरिन्।

वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ। वडाध्यक्षमा ध्रुर्वप्रसाद लामिछाने ६९१ मत प्राप्त गरी गरे। प्रतिस्पर्धी नेकपा एमालेका मिमबहादुर गुरुङले ४९२ मत प्राप्त गरेका छन्।

वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एमालेका बलबहादुर गुरुङ विजयी भएका छन्। ४४५ मत प्राप्त गरी गुरुङ वडाध्यक्षमा विजयी भएका हुन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका गणेशबहादुर गुरुङले ४८२ मत प्राप्त गरे।

प्रकाशित मिति: : 2022-05-17 13:31:00

प्रतिकृया दिनुहोस्