गोरखा नगरपालिकामा १५ सय मतान्तरले अग्रता लिँदै माओवादी, पछ्याउँदै कांग्रेस

File photo
File photo

अहिलेसम्म नगरपालिकाको वडा नम्बर १ देखि १० सम्मको मतगणना सकिएको छ।

अहिलेसम्मको मतपरिणाम हेर्दा माओवादीले मेयरमा र कांग्रेसले उपमेयरमा अग्रता लिइरहेको छ।

वडा नम्बर १० सम्मको मतगणना सकिँदा मेयरमा माओवादीले ६ हजार ४८५ मत ल्याएर अग्रता लिइरहेको छ भने उपमेयरमा कांग्रेसले पाँच हजार २१६ मत ल्याएर अग्रता कायम राखिरहेको छ।

यस्तै, मेयरमा कांग्रेसले चार हजार ९६२ मत ल्याएर पछ्याइहेको छ भने एमालेले तीन हजार ९५० मत पाएको छ । उपमेरमा भने जसपाले चार हजार ६४२ मत ल्याएर कांग्रेसलाई पछ्यारहेको छ भने एमालेले चार हजार ३२ मत पाएको छ।

गोरखा नगरपालिकामा कांग्रेस, एकीकृत समाजवदीवीच र माओवादी, जसपाको बीच तालमेल थियो। एमाले एक्लै मैदानमा होमिएको थियो । समाचार लेख्दै गर्दा वडा नम्बर ११ को मतगणना गर्ने तयारी भइरहेको छ।

१४ वटा वडा रहेको यस नगरपालिकामा अझै चारवटा वडाको मतगणना बाँकी छ। निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार यी चार वडामा गरी अझैँ ६ हजार ४८२ मतगणना गर्न बाँकी छ।

प्रकाशित मिति: : 2022-05-17 11:50:00

प्रतिकृया दिनुहोस्