रुकुम पूर्वको भुमे गाउँपालिकामा माओवादी केन्द्रको अग्रता कायमै रहेको छ।
गाउँपालिकाको वडा नं–९, ८, ७,६,५ र ४ को मतपरिणाम अनुसार माओवादी अग्र स्थानमा देखिएको हो।
माओवादीका उम्मेदवार होमप्रकाश श्रेष्ठले २४६४ मत लिएर अग्र स्थानमा छन् भने राष्ट्रिय जनमोर्चाले हालसम्म ५३ मत प्राप्त गरेको छ।
त्यसैगरी मङगोल नेशनल अर्गनाइजेशनले भने २४५ मत ल्याएको छ।
त्यस्तै माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार सबिना बुढाले २४४९ मत प्राप्त गरेकी छन् भने एमालेको उपाध्यक्षले ६५५ मत ल्याएको छ।