मालारानी गाउँपालिका अध्यक्षमा एमालेका दलबहादुर भट्टराई विजयी

अर्घाखाँचीकाे मालारानी गाउँपालिकाकाे अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार दलबहादुर भट्टराई विजयी भएका छन्।

भट्टराईले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का पदम क्षेत्रीलाई १ हजार ५ सय ५६ मतले पराजित गरेका हुन्। त्यस्तै उपाध्यक्षमा पनि एमालेकै दीपा पाेख्रेल विजयी भएकी छिन्।

याे सँगै ९ वटा वडामध्ये एमालेले ७ र माओवादीले २ स्थानमा जित निकालेकाे छ।

प्रकाशित मिति: : 2022-05-17 06:47:00

प्रतिकृया दिनुहोस्