दाङमा एमालेले निकाल्यो दोस्रो जित

दाङमा नेकपा एमालेले दोस्रो जित निकालेको छ। बबई गाउँपालिकाको वडा नं १ मा वडाध्यक्षका उम्मेदवार प्रेमबहादुर डाँगीले ६६८ मत ल्याउँदै विजयी भएपछि एमालेले दास्राे जित निकालेकाे हाे।

उनीसहित वडा नं १ मा एमालेको प्यानले नै विजयी भएको छ। जसमा महिला सदस्य गौरी पुनले ६६४, मलित महिला सदस्य शान्ता परियारले ६५७, खुल्ला सदस्य चन्द्र रागुले ६४९ र अर्का खुल्ला सदस्य रमेश कुवँरले ६६४ मत प्राप्त गरेर विजयी भएका छन्।

यसअघि एमालेले गढवा गाउँपालिकाको वडा ८ मा जित निकालेको थियो। यस वडामा एमालेका खालिक सिद्धिकी विजयी भएका थिए।

दाङमा काँग्रेस र माओवादी केन्द्रले पनि एक एक वडा वडामा जित निकालेका छन्।

यसैबीच बबई गाउँपालिकाको वडा नं १ मा वडाध्यक्षका प्रत्यासी माओवादी केन्द्रका गम्मरचन रोकाले १९०, एकिकृत समाजबादी पार्टीका डिलबहादुर पुनले  ५२ र स्वतन्त्रबाट उम्मेदवार बनेका भक्त डाँगीले १४ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-05-14 17:41:00

प्रतिकृया दिनुहोस्