काठमाडौं महानगरका यी उम्मेदवारले गरे मतदान

स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकालगायत देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। केही स्थानमा भने मतदान अवरुद्ध भएकाे छ।

सत्ता गठबन्धन, नेकपा (एमाले) लगायत सबै दलका उम्मेदवारले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरिरहेका छन्। यसैगरी काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा नम्बर १६ र अर्का उम्मेदवार केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गरेका छन्।

सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएकी सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गरेकी हुन्।

एमालेको तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका स्थापितले काठमाडौं–२८ बागबजारस्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गरेका हुन्।

विवेकशील साझाबाट कामपाको प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले कामपा वडा नम्बर ३१  मध्य बानेश्वरस्थित भ्याली भ्यू स्कुल मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिएका बालेन्द साहले वडा–९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गरेका छन्।

त्यसैगरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले वडा–१२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएकी सुनिता डङ्गोलले वडा–२१ बाट मतदान गरेकी हुन्।

प्रकाशित मिति: : 2022-05-13 15:15:00

प्रतिकृया दिनुहोस्