योगेश भट्टराईले ताप्लेजुङ पुगेर मतदान गरे

नेकपा (एमाले)का केन्द्रीय सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले मतदान गरेका छन्।

स्थानीय तहको निर्वाचनको लागि जन्म गाउँ ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा–३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रमा मतदान गरेका हुन्।

मतदानका क्रममा नेता भट्टराईले निर्वाचन लोकतन्त्रको मुटु भएको बताएका छन्। ‘नागरिकको सार्बभौम अधिकारको अभ्यास गर्ने संवैधानिक अधिकार हो,’ उनले भने।

प्रकाशित मिति: : 2022-05-13 07:44:00

प्रतिकृया दिनुहोस्