केशव स्थापितले गरे मतदान

काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)को तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन्।

उनले बागबजारस्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गरेका हुन्।

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरलगायत देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।

नेकपा (एमाले) र सत्ता गठबन्धनका सबै उम्मेदवारले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन्।

प्रकाशित मिति: : 2022-05-13 07:40:00

प्रतिकृया दिनुहोस्