उदयपुरका चार मतदान केन्द्रमा सुरक्षाकर्मीदेखि कर्मचारीसम्म सबै महिला

उदयपुरमा दुई सय ५८ मतदान केन्द्रमध्ये चार मतदान केन्द्र महिलाले मात्रै संचालन गर्न लागेका छन्। 

जिल्ला निर्वाचन कार्यलयका उदयपुरका अनुसार त्रियुगा नगरपालिकामा दुई र उदयपुरगढी गाउँपालिकामा दुई गरी चार वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै परिचालन गरिएकाे छ। 

जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले चार वटा मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी सबै महिला मात्र हुने व्यवस्था मिलाएको बताए। उदयपुरगढी गाउँपालिका–५ को पञ्चावती माध्यमिक विद्यालय र त्रियुगा नगरपालिका–९ को रातमाटे आधारभुत विद्यालयमा रहेको दुई मतदान केन्द्रमा महिला मात्र खटिएका छन्।

जिल्ला निर्वाचन अधिकारी कोईरालाका अनुसार उदयपुरमा दुई लाख २३ हजार एक सय ३८ मतदाता छन्। जसमध्ये महिला एक लाख १० हजार दुई सय ५१ पुरुष र एक लाख १२ हजार आठ सय ८५ महिला छन्। यसैगरी तेश्रो लिङ्गी (अन्य) मतदाता पनि दुई जना रहेका छन्।
 

प्रकाशित मिति: : 2022-05-12 13:04:00

प्रतिकृया दिनुहोस्