रोल्पामा माओवादीले फेरि कुटे कांग्रेस कार्यकर्ता

Breaknlinks
Breaknlinks

रोल्पामा माओवादीको कुटाइबाट एक जना कांग्रेस कार्यकर्ता गम्भीर घाइते भएका छन्। बुधबार साँझ ५ बजेतिर रुन्टिगढी गाउँपालिका-३, जुरमा उनीमाथि कुटपिट भएको हो।

राजनीतिक विवादलाई लिएर स्थानीय १८ वर्षे बुद्दे पुनले स्थानीय ४५ वर्षे कविराज पुरीलाई टाउकोमा हानेका हुन्।

माओवादी कार्यकर्ताको प्रहारबाट पुरी घाइते भएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का उपसभापति बेगम कवरले जानकारी दिए।

टाउकोमा गम्भीर चोट लागेका पुरीलाई प्राथमिक उपचारपछि थप उपचारको निम्ति दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

पुरीलाई कुट्ने पुन फरार छन्। खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय होलेरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-05-12 11:34:00

प्रतिकृया दिनुहोस्