प्रदर्शन ​​​​​​​उग्र बन्दै गएपछि ​​​​​​​भागेर नौसेनाको शिविरमा पुगे महिन्दा राजपक्ष

Photo: PTI
Photo: PTI

भयानक आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले देशैभरि सुरक्षा बलहरूलाई परिचालन गरेको छ। उनीहरूलाई सरकारविरोधी प्रदर्शनका क्रममा लुटपाट गर्नेहरूलाई गोली हान्नसक्ने अधिकार समेत दिइएको छ।

गत महिनादेखि व्यापक विरोध प्रदर्शन सुरु भएपछिको पहिलो राष्ट्रिय सम्बोधनमा त्यहाँका राष्ट्रपति राष्ट्रपति गोटाबय राजपक्षले शान्ति-सुव्यवस्था पुनर्स्थापित गर्ने वाचा गरेका छन्। उनले राजीनामाको मागलाई बेवास्ता गर्दै संसद्लाई केही थप अधिकार दिने र नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रस्ताव गरेका छन्। तर त्यसका लागि कुनै समयसीमा तोकेका छैनन्।

राष्ट्रव्यापी कर्फ्यूबीच भीडले लगातार दोस्रो रात पनि आगजनी र आक्रमणहरू गरेका छन्। धेरैले राजपक्ष र अन्य राजनीतिज्ञका सम्पत्तिलाई निशानामा पारेका छन्। उनीहरूले देशमा देखिएको सङ्कटका लागि जनताले दोषी ठान्छन्।

राष्ट्रपतिका दाइ तथा दुईपटक राष्ट्रपति बनिसकेका महिन्दा राजपक्षलाई उनको सुरक्षाको लागि पूर्वोत्तर श्रीलङ्काको एउटा नौसेना आधार शिविरमा राखिएको सेनाले पुष्टि गरेको छ।

गोटाबय राजपक्षको राजीनामा माग गरिरहेका प्रदर्शनकारीमाथि सरकार समर्थकहरूले आक्रमण गरेपछि त्यहाँ हिंसा भएको थियो। विपक्षी राजनीतिज्ञहरूले सेनालाई सत्तामा कब्जा गर्ने बहानाका निम्ति हिंसाको मञ्चन हुन सक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: : 2022-05-12 07:01:00

प्रतिकृया दिनुहोस्