स्थानीय तह निर्वाचनको सरगर्मी देशभर तातिएको छ। मतदान मिति जतिजति नजिकिँदै छ, राजनीति त्यति नै राेचक बनेकाे छ।
पूर्वकाे व्यापारीक 'हब' झापाकाे विर्तामोड नगरपालिकाको मेयर पदलाई विशेष रूपमा हेरिएको पूर्वेली राजनीतिक वृत्तमा चर्चा छ। झापा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पनि हाे।
विर्तामोडको मेयर पदका लागि पवित्रा महतारा प्रसाईं र भोजराज सिटौला चुनावी मैदानमा उत्रिएका छन्। दुवै उम्मेदवार पूर्वजनप्रतिनिधि हुन्।
०००
पवित्रा नेकपा (एमाले)को तर्फबाट मेयर पदको उम्मेदवार हुन्, उनी यसअघि बिर्तामोडकी उप–प्रमुख थिइन्। त्यस्तै, नेपाली कांग्रेस (गठबन्धन) का उम्मेदवार भोजराज सिटौला विर्तामोड वडा–३ का नि.वडाध्यक्ष हुन्।
लामो र अर्थपूर्ण राजनीतिक यात्रा तय गरिसकेकी एक कुशल नेत्रीको रूपमा पवित्रा महतारा प्रसाईंलाई हेरिने गरेको छ। खासगरी प्रदेश एककै उत्कृष्ट न्यायिक सम्पादनको श्रेय उनकाे नाममा छ। उनको लामो राजनीतिक पृष्ठभूमिले समेत परिचित बताएको छ।
विद्यार्थी राजनीतिबाट प्रारम्भ भएको उनको राजनीतिक यात्रा निरन्तर सफलताको उचाइमा अघि बढेको देखिन्छ। नगरको सुशासन र न्यायिक प्रणालीको जिम्मामा उनले उत्कृष्ट काम गरेको विर्तामोडका कार्यपालिकाका सदस्यहरू बताउँछन्। अनुगमन तथा न्याय निरूपणमा उनले गरेको कार्यसम्पादनको प्रशंसा नगरभरी पाइन्छ।
०००
सिटौला र प्रसाईंको उम्मेदवारीलाई विशेष रूपमा हेरिएको छ। वैशाख ३० गते हुने निर्वाचनको लागि प्रतिस्पर्धामा उत्रिएका दुवैको राजनीतिक पृष्ठभूमि उत्तिकै दरिलो छ। तर यतिबेला सिटौलाको विगतको एउटा मुद्धा सतहमा आएको छ। जसको प्रभाव यो निर्वाचनमा प्रत्यक्ष पर्ने देखिन्छ। जसको कारण पवित्रा महतारा बलियो र सिटौला कमजोर हुने प्रक्षेपण गरिएको छ।
२०४८ साल र २०५४ साल गरी दुई कार्यकाल अनारमनी गाविसको वडा–५ का अध्यक्षको कार्यकाल सम्पन्न गरेका सिटौला हाल विर्तामोड नगरपालिका वडा–३ का समेत अध्यक्ष हुन्।
नेपाली कांग्रेस विर्तामोड नगरपालिकाका सभापतिसमेत रहेका सिटौलाको राजनीतिक जीवन सरल रेखाबाट अघि बढेको देखिन्छ। पहुँच र पावरको पेरिफेरीमा मात्रै रहने गरेको कांग्रेसकै कार्यकर्ताहरूले आरोपसमेत उनलाई लगाउने गरेका छन्। विर्तामोड ३ वडा अध्यक्षको पदबाट राजीनामा दिएर मेयरका लागि अघि सरेका उनको पुरानो घाउ यतिबेला बल्झिएको छ।
कुरा २०४२ साल तिरको हो। उनलाई बलात्कारको आरोप थियो। उक्त आरोपमा उनी थुनामा समेत परेका थिए। पञ्चायत कालमा उनको सम्भ्रान्त परिवारले उक्त बलात्कार काण्ड मिलाउन धेरै साँठगाठ गरेको कुरा यतिबेला चिया गफहरूमा हुन थालेको छ।
उनलाई लागेको बलत्कारको आरोपको विषयमा झापा जिल्ला अदालतमा मुद्धा समेत चलेको थियो। उक्त मुद्धाको बहस वर्तमान नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले गरेका थिए। उक्त मुद्धालाई होस्टाइल गरेर मिलाइएको अदालतका तत्कालीन एक कर्मचारीले बताएका छन्।
भोजराज सिटौलासँगै अन्य दुई जना (खड्का र गुरूङ्ग थरका)ले महिलालाई बलात्कार गरेको आरोपमा मुद्धा चलेको थियो। मुद्धालाई मिलाउन महिलाको परिवारलाई १० कट्ठा जमिन र अन्य आर्थिक प्रलोभन दिइएको जानकारहरू बताउँछन्।
पहुँच र पावरको भरमा सिटौला परिवारले उक्त महिलालाई झापाकै एक आदिवासी जनजातिसँग विवाह गरिदिएका थिए। बाहुन परिवारकी उक्त महिलाको विवाह जनजातिसँग गर्न त्योबेला त्यति सजिलो थिएन, तर बलात्कार भएको घटनाका कारण सहजै उनको विवाह भएको उनकै छिमेकी एक व्यक्तिले बताउँछन्। उनले धम्की र प्रलोभनको कारण विवाह भएको समेत बताएका छन्।
त्यसो त सिटौलालाई डोमालाल राजवंशी रङ्गशालाको जग्गा प्रकरणको समेत शंकास्पद व्यक्तिको रूपमा हेरिन्छ। उनले गुठीको नाममा रहेको उक्त जग्गा व्यक्तिको नाममा बनाउन शंकास्पद भूमिका खेलेको जानकारहरू बताउँछन्।
त्यस्तै, वडा–३ मा समेत खासै सन्तोषजनक काम सम्पादन नगरेको आरोप छ। त्यसो त निष्ठाको राजनीति गर्ने तथा आर्थिक पारदर्शीता र सुशासनको पक्षधर जलकुमार गुरूङलाई आफ्नो पहुँच र पावरको भरमा पछि पार्दै मेयरको टिकट ल्याएकोमा विर्तामोडकै कांग्रेसीहरूको समते सहयोग सिटौलालाई नरहेको पाइएको छ।
भाइ भाेकमरि लाग्या हाे भने आउ ५ महिना पाल्छु, तर यस्ताे हावादारी हाेहल्ला नगर । कति कक्षा पढेर पत्रकार भएकाे ?