गौरादह नगरपालिका वडा नम्बर १ ले गैरकानूनी रुपमा नागरिकताको सिफारिस गरेको पाइएको छ। कानुनको परिधिभन्दा बाहिर रहि आर्थिक प्रभावमा परेर नागरिकता दिन नमिल्ने व्यक्तिलाई नागरिकता सिफारिस गरेको पाइएको हो।
गौरादह नगरपालिका वडा नम्बर १ को कार्यालयले २०७५ साल चैत्र २४ गते निलम मण्डल र पुनम कुमारी मण्डललाई नागरिकता सिफारिस गरेको देखिन्छ। सिफारिसमा निलम मण्डलको जन्म मिति २०४५ साल साउन ५ गते उल्लेख गरिएको छ भने पुनम कुमारी मण्डलको उमेर २०४३ साल साउन ११ गते उल्लेख गरिएको छ। उनीहरु दुवैजनाको सनाखत बुबा श्याम मण्डलले गरेको देखिन्छ।
स्मरणीय त के छ भने नागरकता नम्बर ०४३०५४/५६७ रहेको बुबा श्याम मण्डलको नागरिकताको जारी मिति दुईबाट रहेको देखिन्छ। निलम मण्डलको सनाखत बुबाको जारी मिति २०६३ साल फागुन १३ गते देखिन्छ भने पुनम कुमारी मण्डलको सनाखतमा बुबाको नागरिकताको जारी मिति २०७० साल वैशाख २२ गते देखिन्छ। बुबा कै नागरिकता शंकास्पद रहेको अवस्थामा छोरिहरुको नागरिकता सिफारिस हुनामा राम्रै आर्थिक चलखेल रहेको कुरा सहजै अनुमान लगाउन सकिन्छ।
अझ आश्चर्यजनक कुरा त के छ भने नेपालको संविधान र नागरिकता सम्बन्धि ऐनले पूर्णरुपमा निशेध गरेको व्यक्तिलाई नागरिकता सिफारिस गरेको देखिन्छ। नेपाल नागरिकता ऐन २०६३ को दफा ४ ले प्रष्ट रुपमा भनेको छ सम्वत् २०४६ साल चैत मसान्तसम्म नेपाल सरहदभित्र जन्म लिई स्थायी बसोवास गरेको व्यक्तिले नागरिकता लिन चाहेमा संविधानसभा निर्वाचन अगाडि नै नगरिकताको आवेदन दिईसक्नुपर्ने कानुनलाई मिचेर मिति २०७५ साल चैत २४ गतेको आवेदनको आधारमा नागरिकता सिफारिस गरेको देखिन्छ।
त्यस्तै नेपालको संविधान २०७२ को धारा ११ ले कुनै व्यक्ति जन्म हुँदा निजको बुबा आमा नेपालको नगरिक भइसक्नुपर्ने भन्दा भन्दै बुबा श्याम मण्डलको नागरिकता जारी मिति दुईवटा देखिन्छ त्यो पनि दुबै सन्तानको जन्मपछि मात्र भने आमा जयमाला मण्डल भारतीय नगरिक हुन भने उनले अंगिकृत नागरिकता २०६३ साल पछाडि लिएको स्रोतले दाबी गरेको छ। यसरी कुनै पनि आधारमा नागरिकता पाउने नदेखिँदा नदेखिदै पनि गैरकानुनी रुपमा नागरिकता दिएको देखिन्छ।
गौरादह नगरपालिका वडा नम्बर १ का तात्कालिक अध्यक्ष नगेन्द्र भण्डारीले जानिजानि आर्थिक प्रलोभनमा परी दुबैजनाले भारतीय नागरिकसँग विवाह गरेको थाहा पाउँदा पाउँदै अविवाहित भनेर नागरिकता सिफारिस गर्नुले उनले आर्थिक प्रलोभनमा परि अख्तियारको दुरुपयोग गरेको स्रोतको दाबी छ।