बाराको दक्षिण पूर्वी र उतरी क्षेत्रका स्थानीय निर्वाचनमा मतपत्रमा कसरी मत हाल्ने भन्ने बारेमा अन्योलमा परेका छन्।
स्थानीय तहको निर्वाचन हुन चार दिन मात्र बाँकी रहँदासम्म पनि बाराका अधिकांश मतदाताले मतदाता शिक्षाकाबारेमा ज्ञान नपाउँदा अन्योलमा परेका हुन्।
लामो मतपत्र रहेकोले कसरी मतपत्रमा स्वस्तिक छाप लगाउने भन्ने बारेमा स्थानीय अन्यौलमा परेका हुन्। बिभिन्न राजनितिक दलका उम्मेदावारले निर्बाचन आफ्नो पक्षमा पार्न आ–आफ्नो तरीकाले मतदाताका बीच जाने गरेको भए पनि जिल्ला निर्वाचन कार्यालयले भने मतदाता शिक्षामा खासै ध्यान दिएको देखिएन।
जिल्ला निर्वाचन अधिकारी सरोज कुमार चौधरीले मतदाता शिक्षा सम्बन्धी सञ्चार माध्याममा प्रसारण तथा प्रकाशन गर्न लगायत मतपत्रमा मत हाल्न मतदातालाई शिक्षा दिएको जानकारी दिए।
तर, निर्वाचन आयोगले मतदाता शिक्षासम्बन्धी सञ्चार माध्याममा प्रसारण र प्रकाशन गर्न सदरमुकाम मात्र केन्द्रित गरेकाले जिल्लाको ग्रामीण बस्तीमा मतदाता शिक्षा प्रायः शून्य देखिएको छ।
मतदाता शिक्षाको अभावका कारण निर्बाचनमा अधिकाशं मत बदर हुने सम्भावना रहेको छ। जसको प्रत्यक्ष प्रभाव निर्वाचनको मतदान पर्ने निश्चित देखिएको छ।