केशव स्थापितलाई हराउन एमाले नेता मानन्धरको ‘प्रकाशमान–सिर्जना’ सँग गोप्य वार्ता

file photo
file photo

नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री रामवीर मानन्धरले कांग्रेस शीर्ष नेता प्रकाशमान सिंह र उनकी श्रीमती सिर्जना सिंहसँग गोप्य भेटवार्ता गरेका छन्।

मानन्धरले स्थानीय तहको मतदान मिति ६ दिन बाँकी रहँदा ठमेलस्थित एक होटलमा कांग्रेस उम्मेदवारसँग गोप्य वार्ता गरेपछि एमाले वृतमा नयाँ तरङ्ग उत्पन्न भएको छ।

उनी पूर्वमन्त्री तथा एमाले महानगरका प्रभावशाली नेता मानिन्छन्। उनको पार्टीबाट मेयर पदको उम्मेदवार बनेका छन्, अर्का चर्चित पात्र केशव स्थापित। उता ‘कांग्रेस, माओवादी, समाजवादी’ गठबन्धनको तर्फमा काठमाडौं महानगरको मेयर पदमा उम्मेदवार बनेकी छन्, सिर्जना सिंह।

निर्वाचनको माहोल तातिरहेका बेला मानन्धरको गोप्य वार्ताले एमालेभित्र हल्लीखल्ली मच्चिन थालेको छ। उनीहरूबीच ‘केशव स्थापितलाई कसरी हराउन सकिन्छ’ भन्नेबारे संवाद भएको बताइएको छ।

सिंह दम्पत्ति रामवीरलाई भेट्न साँझ पौने ७ बजे त्यहाँ पुगेको बताइएको छ। एमाले र तत्कालीन नेकपाभित्रको अन्तर्विरोधको मौका छोपेर शहरी विकास राज्यमन्त्री बनेका मानन्धरको नजर पछिल्लोपटक काठमाडौंको मेयरमा थियो। तर स्थापितको ‘इन्ट्री’ पछि लिस्टबाट फालिए, रामवीर।

प्रकाशित मिति: : 2022-05-08 19:30:00

प्रतिकृया दिनुहोस्