नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएलका कार्यकर्ताले रूकुम पश्चिमको एक प्रहरी चौकी तोडफोड गरेका छन्।
उनीहरूले बिहीबार बिहान जिल्लाको नुवाकोट प्रहरी चौकीमा आक्रमण र तोडफोड गरेको प्रहरीले जनाएका छ।
प्रहरीका अनुसार कांग्रेसको भातृ संगठन नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाइसीएल कार्यकर्ताले चौकी तोडफोड गरेका हुन्।
यसअघि तरुण दल र वाइसीएलका कार्यकर्ताबीच झडप भएको थियो। त्यसक्रममा भागेका तरुण दलका कार्यकर्ता प्रहरी चौकीमा प्रवेश गरेका थिए।
साेही क्रममा उनीहरुलाई निकाल्न माग गर्दै वाइसीएलका कार्यकर्ताले आक्रमण गरेकाे प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार आक्रमणबाट चौकीमा खासै क्षति भएको छैन।