३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मुगुका उम्मेदवारहरू घरदैलोमा पुग्न थालेका छन्।
पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार भोट माग्न मतदाताको घरघरमा पुगेका हुन् । पार्टी र चुनाव चिह्नका झण्डा तथा ब्यानरले सजाएका सवारीसाधन प्रयोग गरी भोट माग्न उम्मेदवार व्यस्त देखिन्छन।
जिल्लामा चार स्थानीय तह र ४५ वडामा आफ्ना उम्मेदवारलाई विजयी गराउन यहाँका दलहरू तामझामसहित चुनावी प्रचारमा लागेका छन्। एकपछि अर्को दलका उम्मेदवार गाउँ, टोल बस्ती हुँदै घरघरमा पुग्न थालेपछि निर्वाचन उत्सवजस्तै बनेको छ। अधिकांश उम्मेदवारले जनताको जनजीविकामा परिवर्तन ल्याउने ठोस खाका जनतासामु पेस गर्न सकेका छैनन्।
एक नगरपालिकासहित तीन गाउँपालिका रहेको मुगुका प्रमुख दलहरू आफ्नो उम्मेदवारलाई विजयी गराउन घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन्।
कांगेस , एमाले , माओवादी केन्द्र र एकीकृत समाजवादी पाटीले गाउँपालिका नगरपालिकाका प्रमुखदेखि सदस्यसम्मका उम्मेदवारलाई निर्वाचित गराउन घरदैलो कार्यक्रममा मतदातासँग आफ्नो उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन्।