मनहरीमा अध्यक्ष उम्मेदवारले न्यौपानेले लिए उम्मेदवारी फिर्ता

मनहरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्। 

कांग्रेस जिल्ला सभापति बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाईंसहित पुगेर उनको उम्मेदवारी फिर्ता गराएका हुन्। 

नेपाली कांग्रेसले टिकट वितरण गर्ने बेला विभेद गरेको भन्दै उनले नेपाली कांग्रेस (बिपी) पार्टीबाट उम्मेदवारी दिएका थिए।

उनीसँगै नेपाली कांग्रेस (बिपी) पार्टीबाट उपमेयर पदमा उम्मेदवारी दिएकी जानुकी लामाले भने उम्मेदवारी कायम राखेकी छिन्।

प्रकाशित मिति: : 2022-04-29 21:00:00

प्रतिकृया दिनुहोस्