दिनभरको थकान मेट्न साँझपख पोखरेलीहरु तालतिर निस्किन्छन्। धुलो, धुवाँ, ट्राफिक र कामको प्रेसरलाई एकैछिन भए पनि फेवाताल किनारतिर टहलिँदा शितल मिल्छ। पोखरा घुम्न आउने घुमन्तेका लागि पनि पहिलो रोजाई हो, फेवाताल।
त्यही फेवाताल क्षेत्रमा देश विदेशबाट आएकाे पर्यटकहरूले भरिभराउ हुन्छ। संसारभरका प्रकृतिप्रमीहरूकाे नजर फेवातालमा हुने गर्छ। साेही फेवातालमा बिएल नेपाली सेवाकाे टाेली शुक्रबार बिहान पुग्दा यहाँकाे माहाेल निक्कै रमणीय थियाे।
तस्बिरहरू: