बर्दियामा कुटपिटबाट एक जनाको मृत्यु

बर्दियामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।

बुधाबार बिहान साढे १० बजे बदैयाताल गाउँपालिका ८ स्याउलीबारजारमा स्थानीय ४७ वर्षीय बलहादुर कडेल र ४० वर्षीय मिन बहादुर घर्तीबीच विवाद भएको थियो।

विवादमा घर्तीले धकेल्दा कडेल ढुंगामा परी गम्भीर घाइत भएका थिए। उनको टाउकोमा गहिरो चोट लागेको थियो।

त्यसपछि सोही दिन राति ११ बजे बर्दिया अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्जको नसिंङ होममा उपचारका क्रममा कडेलको राति पौन १ बजे मृत्यु भएको हाे।

प्रहरीले घटनाको अनुसन्धान गर्न धर्तीलाई पक्राउ गरेको छ। उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिए 

प्रकाशित मिति: : 2022-04-29 10:51:00

प्रतिकृया दिनुहोस्